बिहिबार, जेष्ठ ५ २०७९

गभर्नरको मुद्दामा सर्वोच्चले दियो पक्षमा अन्तरिम आदेश, पाए काम गर्ने निरन्तरता



  • नेपालदीप
  • शुक्रबार, बैशाख १६ २०७९
1K
SHARES

काठमाडौं। सर्वोच्च अदालतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीमाथि कामकारबाहीलाई यथास्थितमा राख्ने आदेशलाई निरन्तरता दिएको छ । योसँगै गभर्नर अधिकारीले कामलाई निरन्तरता दिन पाउने भएका छन्। अधिकारीले दायर गरेको रिटको सुनुवाइ गर्दै सर्वोच्चले यसअघिको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिएको हो।

न्यायाधीशद्वय सपना प्रधान मल्ल र टंकबहादुर मोक्तानको संयुक्त इजलासले शुक्रबार सुनुवाइ गर्दै गभर्नर अधिकारीलाई निरन्तरता दिने आदेश दिएको हो ।

चैत २५ गते सरकारले सूचना चुहाएको र असहयोग गरेको आरोप लगाउँदै सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको अध्यक्षतामा तीन सदस्यीय छानविन समिति गठन गरी गभर्नर अधिकारीलाई निलम्बन पत्र थमाएको थियो । त्यसविरुद्ध वैशाख ४ गते अधिकारीले छानविन र निलम्बन अवैध रहेकाले खारेज गरी काममा फर्किन पाउनुपर्ने अन्तरिम आदेश माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट