बिहिबार, जेष्ठ ५ २०७९

भारतीय प्रधानमन्त्री मोदी जेठ २ गते नेपाल आउने



  • नेपालदीप
  • मंगलबार, बैशाख २० २०७९
836
SHARES

काठमाडौँ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका ‘द हिन्दु’ का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा रहेका छन् । भ्रमण केही घण्टाको मात्रै हुनेछ ।

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी र देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट लुम्बिनी आइपुग्ने कार्यक्रम छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट