बिहिबार, जेष्ठ ५ २०७९

आईजीपी नियुक्तिविरुद्ध एआईजी पोखरेलले दर्ता गरेको रिटमा आज सुनुवाइ हुँदै



  • नेपालदीप
  • बुधबार, बैशाख २१ २०७९
1.9K
SHARES

काठमाडौँ। नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक धिरजप्रताप सिंहको नियुक्ति बदरको माग गर्दै एआईजी विश्वराज पोखरेलले सर्वोच्च अदालतमा दर्ता गराएको रिटको आज सुनुवाइ हुँदैछ ।

एआईजी पोखरेलले वरिष्ठता र ज्येष्ठता मिचेर कनिष्ठलाई आईजीपी बनाएको भन्दै सर्वोच्च अदालतमा रिट दर्ता गराएका थिए । उनले सरकारको निर्णयविरुद्ध अन्तरिम आदेशको माग गरेका छन्। वैशाख १८ गते बसेको मन्त्रीपरिषद्ले सिंहलाई आईजीपीमा नियुक्ति गरेको थियो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट