बिहिबार, जेष्ठ ५ २०७९

वरिष्ठता मिचेर गरिएको आईजीपी नियुक्तिविरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दैमा’



  • नेपालदीप
  • बुधबार, बैशाख २१ २०७९
1.7K
SHARES

काठमाडौँ। वरिष्ठता मिचेर गरिएको आईजीपी नियुक्ति विरुद्ध परेको मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको छ। न्यायाधीश सुष्मालता माथेमाको इजलासमा बहस नसकिएपछि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको हो।

आईजीपी नियुक्तिमा असहमति जनाउँदै एआईजी विश्वराज पोखरेलले सोमबार सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। सरकारले आईजीपी नियुक्त गरेका धीरजप्रताप सिंह आफूभन्दा जुनियर भएको जिकिर गर्दै उनले निर्णय खारेज गर्न परमादेशको माग गरेका थिए।

न्यायाधीश सुष्मालता माथेमाको एकल इजलासमा सरकार पक्ष समेत बहसका लागि निवेदन लिएर आएपछि सुनुवाइ लम्बिएको हो। सो रिट उपर इजलासमा पोखरेलको तर्फबाट मेघराज पोखरेल, सतीशकृष्ण खरेल, हरिहर दाहाल, महादेव यादवलगायतले बहस गरेका थिए भने सिंहको तर्फबाट महान्यायाधिवक्ता खम्मबहादुर खातीसहित वरिष्ठ अधिवक्ताहरू सुशील पन्त, भीमार्जुन आचार्य, टीकाराम भट्टराईलगायतले बहस गरेका थिए। बहसको क्रम अझै नसकिएकाले ‘मुद्दा हेर्दाहेर्दैमा’ राखिएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट