बिहिबार, जेष्ठ ५ २०७९

विश्वराजको रिटमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार, सिंहलाई काम गर्ने बाटो खुल्यो



  • नेपालदीप
  • बिहिबार, बैशाख २२ २०७९
2.9K
SHARES

काठमाडौं। वरिष्ठता मिचेर १८ महिना जुनियरलाई आईजीपी नियुक्ति गरेको भन्दै एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीश सुष्मलता माथेमाको एकल इजलासमा भएको दुइतर्फी बहसपछि अन्तरिम आदेश नदिइ कारण देखाउ आदेशमात्र जारी भएको हो।

अदालतको यो आदेशसँगै नवनियुक्त आईजीपी धिरजप्रताप सिंहलाई काम गर्ने बाटो खुलेको छ। यसअघिका नजीर भन्दा भिन्दै अदालतले अन्तरिम आदेश दिन अस्वीकार गर्दै मुद्दाको पूर्ण सुनुवाइका लागि जेठ १७ गते पेसी तोकेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट