बिहिबार, जेष्ठ ५ २०७९

तीन नयाँ फिल्म ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड ‘डक्टर स्ट्रेन्ज’ शुक्रबारबाट हलमा



  • नेपालदीप
  • शुक्रबार, बैशाख २३ २०७९
874
SHARES

तीन नयाँ फिल्म ‘लक्का जवान’, ‘षट्कोण’ र हलिउड ‘डक्टर स्ट्रेन्ज’ शुक्रबार रिलिज भएका छन् ।

शिवहरि पौड्याल निर्देशित फिल्म ‘लक्का जवान’ले फिल्ममा मदनकृष्ण श्रेष्ठ, प्रियंका कार्की, शिवहरि पौड्याल, राजाराम पौडेल, दिलीप रायमाझी, सलोन बस्नेत र वर्षा सिवाकोटीको मुख्य भूमिका छ । यो सोसल ड्रामा फिल्मले बहुजातीय समुदायको कथालाई प्रस्तुत गर्छ ।

मिलन डी काप्री निर्देशित फिल्म ‘षट्कोण’ले ६ जना पात्रको कथा भन्छ । एक अपराध घटना वरपर फिल्मको कथा घुम्छ । मुख्य पात्र कार्मले फोटो पत्रकारिताको माध्यमबाट उक्त अपराध घटनाको यथार्थ पत्ता लगाउने प्रयत्न गर्छन् । भोलाराज सापकोटा पनि फिल्ममा मुख्य भूमिकामा छन् ।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट