शुक्रबार, असोज २१ २०७९

भ्रष्टाचारमा माधव नेपाल जेल जाने भएपछि जोगाइदिएका हौ : मिनेन्द्र रिजाल



  • नेपालदीप
  • बुधबार, भाद्र २२ २०७९
2.9K
SHARES

काठमाडौँ । नेपाली कांग्रेसका नेता डा मिनेन्द्र रिजालले नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाललाई जेल जानबाट हामिले जोगाइदिएका हौ भन्ने मिनेन्द्र रिजालको क्लिप एकाएक भाईरल भएको छ । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले संसद्को महाभियोग सिफारिस समितिमा बयान दिने क्रममा पूर्वप्रधानमन्त्रीहरू माधवकुमार नेपाल लगायत सरकारको नेतृत्व गरेको गठबन्धनका शीर्षस्थ नेताहरू अनि पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई र ललिता निवासको भ्रष्टाचार मुद्दाको फैसला सुनाउन रोक्नकै लागि अदालतमा आन्दोलन गराईएको बताएका थिए। राणाले संसद विघटन मुद्दाको फैसलामा हरेक क्षेत्रबाट घेरिएको बताएपछि राजनीतिक नेतृत्वमा भय छाएको हो।

यसैबिच ग्यालेक्सी टेलिभिजनबाट प्रशारण हुने विजयकुमारको ‘प्राइम टाइम वीथ विजयकुमार’ कार्यक्रममा डा रिजालले बालुवाटार जग्गा प्रकरणमा माधवकुमार नेपाललाई जेल हाल्ने तयारी भएकाले देउवालाई अघि सारेर माधव नेपालको राजनीतिक जीवन बचाइदिएको भन्ने क्लिप एकाएक भाईरल भएको छ।

कार्यक्रममा डा रिजालले भनेका छन, ‘बाहिर सार्वजनिक भएको छैन, जब माधवजीलाई एउटा विन्दुमा के आशंका भने बालुवाटार जग्गा प्रहरणमा उहाँलाई अख्तियार लगाउने तयारी हुँदैछ, उहाँलाई थुन्ने तयारी हुँदैछ भन्ने भएपछि उसलाई जोगाउन लागि गठबन्धन बनाउने कुरा भयो ।’
यो विषयमा नेकपा एमालेका स्थायी कमिटी सदस्य माधव नेपालका तत्कालीन विश्वासपात्र रघुजी पन्तले पनि माधव नेपालमाथि भ्रष्टाचारको कारबाही हुनेभएपछि ओलीकोविरूद्धमा लाग्नुपरेको बताएका थिए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार