बिहिबार, जेष्ठ ५ २०७९

अझै एक हप्ता वर्षा हुने क्रम जारी नै रहने



  • नेपालदीप
  • शनिबार, बैशाख २४ २०७९
722
SHARES

काठमाडौँ। नेपालमा दैनिक वर्षा हुने क्रम जारी छ। अहिले पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका कही स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको मौसमविद्ले बताएका छन्।मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् विनु महर्जनका अनुसार अझै एक हप्ता मौसम सुध्रिने संकेत देखिएको छैन।

‘आगामी तीन दिन त विभिन्न प्रदेशमा पानी पर्ने सम्भावना छ’, शनिबार बिहान उनले भनिन्, ‘अझै एक हप्ता मौसम डिस्टर्ब नै हुने देखिन्छ।’

मौसम पूर्वानुमान महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार आज दिउँसो प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थान र बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

‘अपराह्नपछि काठमाडौं उपत्यकामा पनि मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ’, मौसमविद् महर्जनले भनिन्।

महाशाखाको बुलेटिनअनुसार आज राति पनि प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ: प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका भूभागमा एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।

महाशाखाले जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार–

वैशाख २४ गते शनिबार
दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश , बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानमा र बाँकी प्रदेशका भूभागमा एक दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : प्रदेश १ लगाएत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख २५ गते आइतबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : देशको पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ। देशको पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

वैशाख २६ गते सोमबार
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको केही स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

राती : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी भूभागका एक दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट