बिहिबार, जेष्ठ ५ २०७९

निर्वाचनमा सुरक्षाकर्मीलाई अपुग हतियार सेनाले व्यवस्थापन गरिदिने



  • नेपालदीप
  • सोमबार, बैशाख २६ २०७९
1.6K
SHARES

काठमाडौँ। निर्वाचनमा खटिने जुनियर अधिकृतका लागि हतियार अपुग भएको छ। नेपाल प्रहरीमा हालै थपिएका करिब १२ सय वरिष्ठ सइसहित सइ र असइ गरी करिब ६ हजार २ सय जुनियर अधिकृत छन्। तर प्रहरीसँग साना हतियार अपुग भएकाले मगाउनु परेको प्रधान कार्यालयले जनाएको छ।

नेपाल प्रहरीले अपुग हतियार नेपाली सेनासँग माग गरेको छ। जुनियर अधिकृतका लागि २ हजारभन्दा बढी पेस्तोल सेनासँग माग गरेको हो। त्योमध्ये आइतबार करिब ६ सय पेस्तोल सेनाले उपलब्ध गराएको छ।

हरेक मतदानस्थलमा जुनियर अधिकृत रहनेछन्। उनीहरुका लागि पेस्तोल अपुग भएपछि चुनाव सकिएपछि फिर्ता गर्ने गरी सेनासँग माग गरिएको प्रहरी प्रधान कार्यालय श्रोतले जनाएको छ।

मतदानस्थलमा वरिष्ठ सइ, सइ र असइको कमान्डमा प्रहरी खटिने छन्। उनीहरुको साथमा पेस्तोल हुनेछ। अन्य हतियारसहितका जवान र हवल्दार पनि हरेक मतदानस्थलमा रहनेछन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट