बिहिबार, जेष्ठ ५ २०७९

थप १३ जनामा कोरोना संक्रमण



  • नेपालदीप
  • मंगलबार, बैशाख २७ २०७९
646
SHARES

काठमाडौँ। पछिल्लो २४ घण्टामा १३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार ६ सय ३४ जनाको नमुना परीक्षण गर्दा १३ जनामा सङ्क्रमण देखिएकाे स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा थप १७ जना निको भएसँगै कोरोना भाइरसका सक्रिय सङ्क्रमितको सङ्ख्या एक सय ८५ जनामा झरेको छ । यसबीचमा कोरोना सङ्क्रमणका कारण कसैको पनि ज्यान गएन ।

यसैबीच पछिल्लो २४ घण्टामा ८० हजार एक सय ४२ जनाले कोरोनाविरुद्धको खोप लगाएका स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट