बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौँको कलंकीमा टिप्परले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु



  • नेपालदीप
  • बुधबार, बैशाख २८ २०७९
627
SHARES

काठमाडौं। काठमाडौँ कंलकी चोकमा टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बा५ख ७३४५ नं को टिप्परले बा८०प ६३७३ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक धादिङ धुनिबेशी नगरपालिका-२ का ४५ वर्षीय दिवाकर अधिकारीको मृत्यु भएको हो।

उक्त दुर्घटनापछि टिप्पर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। उता ललितपुर महानगरपालिका-२४ घापाखेल बस्ने सिरहाका २६ वर्षीय भीम विकको करेन्ट लागेर मृत्यु भएको छ। सोही ठाउँ बस्ने नारायण घिमिरेको निर्माणाधीन घरको माथिल्लो तलामा काम गर्ने क्रममा मङ्गलबार करेन्ट लागेर गम्भीर घाइते भएका उनको उपचारका क्रमा पाटन अस्तपालमा मृत्यु भएको हो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट