बिहिबार, जेष्ठ ५ २०७९

जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा पनि हप्तामा दुई दिन बिदा हुने



  • नेपालदीप
  • बुधबार, बैशाख २८ २०७९
741
SHARES

काठमाडौँ। आउँदाे जेठ १ गतेदेखि बैंक तथा वित्तीय संस्थामा पनि हप्तामा दुई दिन बिदा हुने भएको छ ।

राष्ट्र बैंकले सूचना निकालेर सरकारको निर्णयअनुसार जेठ १ गतेदेखि शनिवार र आइतवार बिदा दिइने उल्लेख गरेको छ । अरू दिन बिहान साढे ९ बजेदेखि बेलुका साढे ५ बजेसम्म बैंक खुल्नेछन् ।

दशैँ, तिहार बाहेक अन्य बिदा लगातार दुई दिनभन्दा धेरै भएमा तेस्रो दिनदेखि बैंक तथा वित्तीय संस्थाका सेवा नियमित गर्न कर्मचारी खटाएर राजस्व कारोबार गर्ने शाखा खुलाउनुपर्नेछ ।

सेवाग्राहीले एकै दिनमा सम्पन्न हुने सेवाका लागि अर्को हप्ता बैंक धाउनु नपर्ने गरी काम गर्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट