बिहिबार, जेष्ठ ५ २०७९

करेन्ट लागेर महिलाको ज्यान गयो



  • नेपालदीप
  • बिहिबार, बैशाख २९ २०७९
608
SHARES

उदयपुर। कटारी नगरपालिका–८ टोड्केपानीको खरबारीमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

कटारी इलाका प्रहरी कार्यालयका अनुसार बुधबार साँझ ६८ वर्षीय गंगामाया खत्रीको मृत्यु भएको हो। घाँसको भारी बोकेर साँझ फर्किने क्रममा नजिकैको पोलछेउ भएर बाटो काट्न लाग्दा पोलबाट भुइँमा झरेको तारबाट करेन्ट लागेर घटनास्थलमै उनको मृत्यु भएको हो।

कटारीस्थित विद्युत् प्राधिकरण शाखा कार्यालयका प्रमुख सन्तोष कार्कीले पोलमा जोडिएको विद्युतीय तार हावाहुरीले भुइँमा झारेका कारण खत्रीलाई करेन्ट लागेको बताए।

शाखाले पाँच लाख क्षतिपूर्ति उपलब्ध गराउने शर्तमा मृतकका आफन्तले बेलुकी मात्रै शव बुझेको प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट