बिहिबार, जेष्ठ ५ २०७९

काठमाडौँ महानगरमा तोकियो १ सय ५६ केन्द्र र ३ सय ६३ मतदान स्थल



  • नेपालदीप
  • बिहिबार, बैशाख २९ २०७९
437
SHARES

काठमाडाैं। भोलि हुने स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकामा १५६ केन्द्र र ३६३ मतदानस्थल तोकिएको छ।

तीन लाख २४२ मतदाता रहेको कामपाको वडा नं. १६ मा सबैभन्दा धेरै २० हजार १७५ मतदाता छन्। धेरै मतदाता हुने दोस्रोमा वडा नं ३२ हो।

यस वडामा १८ हजार ९१३ जना मतदाता छन्। वडा ३१ मा १८ हजार १०७ जना मतदाता छन्। त्यसैगरी वडा नं. १ सबैभन्दा कम मतदाता हुने वडा हो। यस वडामा ३ हजार ७२९ मतदाता छन्।

वडा नं. २३ मा चार हजार ४७७ मतदाता छन्। वडा २० मा ४ हजार ६१४ मतदाता छन्। कामपामा १५६ वटा मतदान केन्द्र तोकिएका छन्। यसमा ३६३ वटा मतदानस्थल छन्। वडा ३१ सबैभन्दा धेरै मतदान केन्द्र भएको वडा हो। यसमा ११ केन्द्र छन्।

यसैगरी वडा १६ मा १० केन्द्र छन्। यो वडा धेरै केन्द्र भएका वडामध्ये दोस्रोमा पर्छ। वडा ७ र ३२ मा ९/९ वटा केन्द्र छन्। सबैभन्दा कम मतदान केन्द्र भएको वडा २३ नंं हो। यसमा एउटा मात्र केन्द्र छ।

वडा १९, २० र २४ मा २/२ वटा मात्र केन्द्र छन्। यसैगरी वडा १, ५, ८, १२, १८ र २९ मा ३/३ वटा मतदान केन्द्र छन्।

सबैभन्दा धेरै मतदानस्थल भएको वडा १६ हो। यस वडामा २३ वटा बुथ छन्। वडा ३१ र ३२ मा २२/२२ वटा मतदानस्थल छन्। धेरै मतदानस्थल भएको तेस्रो वडा १४ नंं हो। यस वडामा २१ वटा मतदानस्थल रहेको जनाइएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट