बिहिबार, जेष्ठ ५ २०७९

चुनावको अघिल्लो दिन यी ठाउँमा ठूलो पानी पर्दै



  • नेपालदीप
  • बिहिबार, बैशाख २९ २०७९
722
SHARES

काठमाडौँ।  चुनाबको अघिल्लो दिन अहिले पश्चिमका केही ठाउँमा ठूलो पानी परिरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बर्दिया, नेपालगञ्ज, नवलपरासी, दाङ, सल्यान, सुर्खेत, धनगढी लगायतका ठाउँमा ठूलाे पानी परिरहेको हो ।

पानी परेका ठाउँका मतदान केन्द्र र स्थल हिलाम्मे बनेका छन् । चुनावका लागि आवश्यक सामग्री जोगाउन पनि समस्या भइरहेको छ । पानी पर्ने पूर्वानुमानका आधारमा निर्वाचन आयोगले मतदान केन्दमा पालको व्यवस्था गर्न निर्देशन दिएको छ ।

अहिले ठूलै पानी परिरहेको भए पनि अबको एक दुई घण्टापछि यी ठाउँमा पानी पर्न रोकिने महाशाखाकाे भनाइ छ । तर राति प्रदेश १, बाग्मती, लुम्बिनी र गण्डकीको केही ठाउँमा पनि पानी पर्ने सम्भावना रहेको छ । भोलि शुक्रवार दिउँसोसम्म घाम लागे पनि बेलुकापछि पानी पर्नेछ । विशेष गरेर लुम्बिनी प्रदेशका केही ठाउँमा भोलि ठूलो पानी पर्ने सम्भावना छ ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट