बिहिबार, जेष्ठ ५ २०७९

आज दिनभरको मौसम कहाँ कस्तो रहला?



  • नेपालदीप
  • शुक्रबार, बैशाख ३० २०७९
456
SHARES

काठमाडौँ। आज स्थानीय तहको निर्वाचनअन्तर्गत देशभर एकसाथ मतदान भइरहेकाले मानिसलाई मौसमप्रति पनि निकै चासो छ। कतिपय स्थानमा बिहानै वर्षा हुँदा मतदान प्रभावित पनि भएका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् वरुण पौडेलका अनुसार लुम्बिनी क्षेत्रतिर जारी वर्षा रोकिँदै गएको छ। यस्तै बिहानीपखर मोरङ, झापातिर पनि वर्षा भएको थियो भने रोल्पाका केही स्थानमा पानी परेको थियो। तर त्यो अहिले क्रमशः रोकिँदै मौसमविद् पौडेलले जानकारी दिए।

काठमाडौं अहिले बिहान घाम लागिरहेको छ, अहिले बिहान कतै वर्षाको सम्भावना नरहेको उनले बताए। दिउँसो, अपराह्नपछि भने बादलका टुक्रा देखिने र बेलुकासम्म पानी पर्ने सम्भावना छ।

मौसमविद् पौडेलले बिहान पौने ९ बजेतिर बताएअनुसार प्रदेश १, बागमती, गण्डकी, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा वर्षा हुने सम्भावना छ।

जुनसुकै बेला झ्याररर्र पानी पर्न सक्ने भएकाले मतदान गर्न जाँदा र मतदान स्थलमा पानीबाट जोगिने सुरक्षा अपनाइराख्नु राम्रो हुने मौसमविद् पौडेलले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट