बिहिबार, जेष्ठ ५ २०७९

स्याङ्जाको वालिङमा मतदाता बोकेको जिप दुर्घटना हुँदा कम्तीमा ११ को मृत्यु,९ जना गम्भीर घाइते



  • नेपालदीप
  • शुक्रबार, बैशाख ३० २०७९
950
SHARES

काठमाडौँ। स्याङ्जाको वालिङ नगरपालिका-१४ अर्खलाबासमा मतदाता बोकेको गाडी दुर्घटना भएको छ।स्थानीय निर्वाचनका लागि मतदाता ओसार्न प्रयोग गरिएको जीप दुर्घटनामा परेको हो।

वालिङ प्रहरी कार्यालयले जीप दुर्घटना भएको पुष्टी गरेको छ। धनजनको क्षतिको विवरण भने आइनपुगेको प्रहरीले जानकारी दिएको छ।

दुर्घटनामा ११ जनाको ज्यान गएको छ भने ९ जना गम्भीर घाइते भएको प्रारम्भिक जानकारी आएको।

घाइतेहरुलाई उपचारका लागि वालिङ प्राथमिक स्वास्थ केन्द्रमा लगिँदैछ। घटनास्थलमा अहिले उद्धारकार्य चलिरहेको डुम्रेले बताएका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट