बिहिबार, जेष्ठ ५ २०७९

स्याङ्जा जीप दुर्घटना अपडेट : १४ जना मृत्यु,(मृतकको पहिचानसहित )



  • नेपालदीप
  • शुक्रबार, बैशाख ३० २०७९
817
SHARES

स्याङ्जा। स्याङ्जामा मतदाता बोकेको जीप दुर्घटना हुँदा ज्यान गुमाएका १४ जनाकै परिचय खुलेको छ ।

दुर्घटनामा वालिङ नगरपालिका १४ अर्खलबास बस्ने ६३ वर्षीया माया पुन, नौ वर्षीय प्रवीण कुँवर, ५० वर्षीय कुलदीप कुँवर, ५० वर्षीया डेमकुमारी कुँवर, ८६ वर्षीया हरिकला कुँवर, ५० वर्षीया टेककला कुँवर, २५ वर्षीया जमुना कुँवरकाे ज्यान गएकाे हाे । यस्तै ७० वर्षीया भीमकला कुँवर, ७० वर्षीया मुवाकुमारी कुँवर, ४३ वर्षीया पोटकुमारी कुँवर, ४३ वर्षीया जानुका कुँवर, ४२ वर्षीया ज्ञानदली कुँवर, ५० वर्षीया मीना कुँवर र वर्ष नखुलेकी फूलदेवी कुँवरको दुर्घटनामा ज्यान गएको हो ।

यस्तै दुर्घटनामा घाइते भएकामध्ये ११ जनाको पोखरामा र एक जनाको वालिङमा उपचार भइरहेको छ । वालिङ १४ को सिख्रेबाट तिवारीपसल मतदान केन्द्रका लागि मतदाता लिएर छुटेको ग २ च ३०२६ जीप अर्खलावासमा दुर्घटनामा परेको हो ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट