बिहिबार, जेष्ठ ५ २०७९

स्थानीय तह निर्वाचन: मतगणना जारी, प्रारम्भिक गणनाको नतिजामा कांग्रेसको अग्रता



  • नेपालदीप
  • शनिबार, बैशाख ३१ २०७९
646
SHARES

काठमाडौं। स्थानीय तह निर्वाचनको मतगणना सुरु भएकाे छ ।

देशका कतिपय स्थानीय तहमा मतगणना शुक्रबार रातिबाट नै सुरु भएको छ भने कतिपयमा शनिबार बिहानैदेखि सुरु भएकाे हाे । आज (शनिबार) बिहान साढे ८ बजेसम्म देशभरिमा नेपाली कांग्रेसले अग्रता लिएको छ ।

कांग्रेसले गणना सुरु भएमध्येका ६६ स्थानीय तहका मेयर-अध्यक्षमा अग्रता लिएको छ । अग्रता लिने दोस्रोमा एमाले रहेको छ । एमालेले ३६ स्थानमा अग्रता लिएको छ । तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले २१ स्थानमा अग्रता लिएको छ । एकीकृत समाजवादी, जसपा र अन्यले २–२ स्थानीय तहमा अग्रता लिएका छन् ।

उपप्रमुख-उपाध्यक्षमध्येमा अग्रता लिनेमा पनि कांग्रेस नै अगाडि छ। कांग्रेसले ५०, माओवादी केन्द्रले २४, एमालेले ३६, जसपाले ५ स्थानीय तहका उपमेयर-उपाध्यक्षमा अग्रता लिएका छन् ।

एकीकृत समाजवादी र अन्यले ५–५ स्थानमा अग्रता लिएका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट