बिहिबार, जेष्ठ ५ २०७९

हेटौँडा उपमहानगरपालिकामा मतगणना सुरु, एमालेको अग्रता



  • नेपालदीप
  • शनिबार, बैशाख ३१ २०७९
684
SHARES

मकवानपुर।  मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ।

मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि केहीबेरअघिदेखि मात्रै मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठले जानकारी दिए।

मतगणना हेटौँडा–२ स्थित सिद्धार्थ माविको मतदान केन्द्रमा सुरु भएको हो । उनका अनुसार हेटौँडाको चार वडाको मतगणना एकैपटक सुरु भएको छ । ती वडा नं १, २, १८ र १९ छन् । मतगणनास्थलमा सुरक्षा व्यवस्थाका लागि तारजालीको प्रबन्ध मिलाइएको छ भने पारदर्शीतालाई मध्यनजर गर्दैै सिसिटिभी क्यामेरा जडान गरिएको छ।

वडा नम्बर १ को १४५ मत गणना हुँदा एमाले उम्मेदवार अनन्त पौडेलले सुरुवाती अग्रता लिएका छन् । उनले ५३ मत पाउँदा एकीकृत समाजवादीकी मिना कुमारी लामाले ५१ मत प्राप्त गरेकी छन्।

मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा नेकपा एमालेले सुरुवाती अग्रता बनाएको छ । उपमहानगर १ को १४५ मत गणना हुँदा एमालेका उम्मेदवार अनन्त पौडेलले ५३ मतसहित अग्रता लिएका हुन् ।

यस्तै नेकपा एकीकृत समाजवादीबाट गठबन्धनकी साझा उम्मेदवार मिना कुमारी लामाले ५१ मत प्राप्त गरेकी छन् । यस्तै राप्रपाका दिपक सिंहले २५ मत पाएका छन् ।उपमेयर पदमा भने गठबन्धनका राजेश बानियाँ ६६ मत पाउँदा नेकपा एमालेकी सुमित्रा काफ्लेले ६२ मत ल्याएकी छिन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट