बिहिबार, जेष्ठ ५ २०७९

स्थानिय निर्वाचन : मतगणना भइरहेका धेरै पालिकामा सुरुवाती कांग्रेसको अग्रता



  • नेपालदीप
  • शनिबार, बैशाख ३१ २०७९
608
SHARES

काठमाडौँ। हिजो भएको पालिका चुनाव अन्तर्गत धेरै ठाउँमा अहिले मतगणना भइरहेको छ ।

काठमाडौँ  महानगरमा केहीबेर अघिदेखि मतगणना सुरु भएको छ । अरु महानगरपालिकामा मतगणना सुरु गर्ने तयारी छ ।

बुटवल, नेपालगञ्ज, घोराही, जितपुर सिमरा, हेटौँडा, जनकपुरधाम लगायतका उपमहानगरसहित अरु धेरै पालिकामा मतगणना भइरहेको छ । मतगणना भइरहेकामध्ये ४० भन्दा बढी पालिकामा कांग्रेसले अग्रता लिएको छ । एमालेले ३० वटाभन्दा बढी, माओवादी केन्द्रले १२ वटाभन्दा बढी र एकीकृत समाजवादीले १ पालिकामा अग्रता लिएको छ ।

अहिलेसम्म ८ वटा पालिकाको नतिजा सार्वजनिक हुँदा प्रमुखमा एमालेले ४ तथा कांग्रेस र एकीकृत समाजवादीले २/२ ठाउँमा जित हासिल गरेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट