बिहिबार, जेष्ठ ५ २०७९

चर्चित भरतपुरमा पनि मतगणना सुरु



  • नेपालदीप
  • शनिबार, बैशाख ३१ २०७९
551
SHARES

चितवनको भरतपुर महानगरपालिकामा मतगणना सुरू भएको छ। सत्तारूढ गठबन्धनबाट उम्मेदवार बनेकी रेनु दाहाल, एमालेका विजय सुवेदी र स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेल मतगणना स्थलमा पुगेका छन्।

अहिले वडा नम्बर १ का तीन वटा मतपेटिका खोलेर मतगणना भइरहेको छ। भरतपुर महानगरपालिकामा ६८.८० प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

भरतपुरका २९ वटै वडामा मतदान सकिएपछि मुचुल्का उठाएर चितवन उद्योग संघको प्रदर्शनी केन्द्रस्थित मतगणना स्थलमा ल्याइएको थियो।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट