
जनकपुरधाम। जनकपुरधाम उपमहानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेदवारको अग्रता कायमै रहेको छ।
वडा नम्बर १ मा ७८० मत गनिसक्दा बागी उम्मेदवार मनोज साहले २५९ मत ल्याई अग्रता कायम गरेका हुन्।
पाँच दलीय गठबन्धनका उम्मेदवार लालकिशोर साहले ३६ मत ल्याएका छन्। साह जसपाबाट मेयरको उम्मेदवार बनेका हुन्। उनी निवर्तमान मेयरसमेत हुन्।
यसैगरी, नेकपा एमालेका शिवशंकर साह हिराले १०५, स्वतन्त्र उम्मेदवार बलराम महतोले ६१, लोसपाका मनोज चौधरी ४७, स्वतन्त्र उम्मेदवार जानकी राम साहले ३२, जनमतका अनिता देवी साहले १४ मत पाएकी छन् ।
उम्मेदवार नभएको रुखमा ५६ जनाले मतदान गरेका छन्।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।