बिहिबार, जेष्ठ ५ २०७९

चितवनको भरतपुर महानगर मत गणना जारी, एमालेका उम्मेदवारको सुरुवाती अग्रता



  • नेपालदीप
  • शनिबार, बैशाख ३१ २०७९
608
SHARES

काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको मतगणनमा मेयर पदमा एमालेका उम्मेदवारले सुरुवाती अग्रता लिएका छन् ।

प्रारम्भिक मतपरिणाममा नेकपा एमालेका मेयर पदका उम्मेवार विजय सुवेदीले १ सय मत गणना गरिदा ४१ मत प्राप्त गरेका छन्  । त्यसैगरी नेकपा माओवादी केन्द्रकी उम्मेदवार रेनु दाहालले ३७ मत ल्याउनु भएको छ । सुवेदी र दाहालबीच ४ मतको अन्तर रहेको छ ।

त्यसैगरी मेयर पदमा कांग्रेसका बागी उम्मेदवार जगन्नाथ पौडेलले ८ मत ल्याएका छन्  । त्यसैगरी उपप्रमुखमा कांग्रेसका चित्रसेन अधिकारीले ३९ र एमाले र राप्रपाको गठबन्धनबाट उम्मेदवार बन्नु भएकी हिमला गुरुङले ३५ मत प्राप्त गरेका छन्  ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट