मंगलबार, असार १४ २०७९

जगन्नाथको प्रभाव क्षेत्रमा भोट गन्दा पछि परिन रेणु, एमाले ६१ मतले अघि



  • नेपालदीप
  • सोमबार, जेष्ठ २ २०७९
2.4K
SHARES

चितवन। भरतपुर महानगरपालिकाको जारी मतगणनामा नेकपा एमालेका मेयर उम्मेदवार विजय सुवेदी अग्रता बढाएका छन्। वडा नम्बर ४ को मतगणना जारी रहँदा उनले ६१ मतको अग्रता लिएका हुन्।

विजयले ४ हजार ४ सय मत ल्याउँदा गठबन्धनकी उम्मेदवार रेनु दाहालले ३ हजार ९ सय ३९ मत ल्याएकी छिन् । स्वतन्त्र उममेदवार जगन्नाथ पौडेलले १ हजार ९ सय मत ल्याएका छन्।

भरतपुर महानगरका २५ वटा वडाको मतगणना अझै बाँकी छ। स्वतन्त्र उम्मेदवार पौडेलको प्रभाव रहने दावी गरिएको ४, ५, ६, ७ र १० नम्बर वडाको मतगणना बाँकी नै छ । माओवादी नेताहरु भने ८, १३, १६, २५, २६ लगायतका वडाबाट पौडेलले दिएको क्षति पूर्ति हुने बताइरहेका छन्। भरतपुरमा ६७ दशमलव ५ अर्थात १ लाख २५ हजार बढी मत खसेको छ।

उपमेयरमा भने नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ। कांग्रेसका चित्रसेन अधिकारीले ५ हजार १ सय ३ मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ३ हजार ४ सय ८३ मत ल्याएकी छिन्।

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट