
काठमाडौँ। पोखरा महानगरपालिकामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका धनराज आचार्यले अग्रता कायमै राखेका छन् ।
आचार्यले ४ हजार ९ सय ५ मतसहित अग्रता लिरहेका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार कृष्णबहादुर थापाले ४ हजार ४ सय ५९ मत पाएका छन् ।
यस्तै उपाध्यक्षमा एमालेकी मञ्जु गुरुङले अग्रता कायमै राखेका छन्। गुरुङले ५ हजार ५४ मत प्राप्त गर्दा उहाँकी प्रतिस्पर्धी नेपाली कांग्रेसकी काेपिला रानाभाटले ४ हजार ९ सय ५२ मत प्राप्त गरेका छन् ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।