
काठमाडौं। पछिल्लो २४ घन्टामा थप ७ जनामा कोरोना संक्रमण देखिएको छ।
देशभर गरिएको १ हजार ५ सय ४६ पीसीआर परीक्षणका क्रममा ६ जना र १ हजार २ सय ३९ र एन्टिजेन परीक्षणमा १ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
कोरोनाका कारण सोमबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
त्यस्तै, थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय १३ जना निको भएका छन् ।
हाल नेपालमा १ सय ३९ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।