मंगलबार, असार १४ २०७९

काठमाडौँ महानगरपालिकाकाे मेयरमा बालेन शाहकाे अग्रता बढेकाे बढ्यै



  • नेपालदीप
  • सोमबार, जेष्ठ २ २०७९
2.1K
SHARES

काठमाडौँ। काठमाडौँ  महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले अग्रता बढाउँदै लागिरहेका छन् । शाहले ३ हजार ३ सय २९ मतकाे अग्रता लिरहेका हुन्  ।

अहिलेसम्मकाे गणनामा शाहले ७ हजार १ सय ६ मतसहित अग्रता कायमै राखेका छन्  । नेकपा एमालेका केशव स्थापितले ३ हजार ७ सय ७७ मत प्राप्त गरेका छन्  । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले ३ हजार ३ सय ५ मत प्राप्त गरेकी छन्।

उपमेयरमा भने एमालेकी सुनिता डंगाेलले फराकिलाे अग्रता लिरहेकी छिन् । अहिलेसम्मकाे गणनामा डंगाेलले ७ हजार २ सय ९६ मत प्राप्त गर्दै अग्रता लिरहेकी छिन्  । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले २ हजार १७ मत प्राप्त गरेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट