मंगलबार, असार १४ २०७९

बालेनको हारजितका विषयमा खसी बाजी राख्ने दुई पक्राउ



  • नेपालदीप
  • सोमबार, जेष्ठ २ २०७९
2.3K
SHARES

खोटाङ। काठमाण्डौ महानगरपालिका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहको हारजितको विषयमा सट्टेबाज गर्ने दुई युवालाई प्रहरीले पक्राउ गरेको छ ।

बालेनको जित हुने वा हार हुने पक्षमा २८ किलोको खसी वा सो बराबरको रकमको बाजी राख्ने लिखित कागज गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-५ लफ्याङका विजय फुयाल र रमेश खड्कालाई पक्राउ गरेको हो । हारजितलाई लिएर सट्टेबाज गरेको कागजपत्र सार्वजनिक भएपछि सोमबार नियन्त्रणमा लिएर अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी उमेश लम्सालले बताए। विजय ‘बालेनले जित्छ’ भन्ने पक्षमा छन् भने रमेश ‘हार्छ’ भन्ने पक्षमा छन् ।

बालेनले जितेमा रमेशले विजयलाई २८ किलोको खसी दिने र बालेनले हारेमा विजयले रमेशलाई २८ केजीको खसीको मासु बराबरको रकम दिने कागजमा उल्लेख छ । जुनसुकै विषयमा बाजी राख्नु कानुन विपरीतको कार्य भएकाले उनीहरुलाई पक्राउ गरिएको डीएसपी लम्सालले बताए।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट