मंगलबार, असार १४ २०७९

शंखरापुर नगरपालिकामा राप्रपाले फेरी लियो अग्रता



  • नेपालदीप
  • सोमबार, जेष्ठ २ २०७९
3.2K
SHARES

काठमाडौँ। काठमाडौंको शंखरापुर नगरपालिकामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अग्रता लिएको छ।

सोमबार अपराह्नसम्म ११ हजार ५८ मत गन्दा शंखरापुरमा राप्रपाका रमेश नापितले अग्रता लिएका हुन्। उनले २४२४ मत पाएका छन्।

उनले नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार कृष्णलाल बजगाईंलाई उछिनेका हुन्। २४०८ मत पाएर उनी दोस्रोस्थानमा छन्। माओवादी केन्द्रका मेयर मधु केसीले १८६३ मत पाएका छन्।

यस्तै उपमेयरमा भने नेपाली कांग्रेसकी उम्मेदवार समिता श्रेष्ठले अग्रता लिएकी छन्।

माओवादी केन्द्रकी चण्डिका चौलागाई १८०१ मत पाएर दोस्रो स्थानमा छिन्।

तेस्रो स्थानमा एमालेकी उम्मेदवार लक्ष्मी के.सीले १७५० मत पाएकी छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट