मंगलबार, असार १४ २०७९

भरतपुरमा रेणुले घटाइन मतान्तर, यसरी नै गए रेणुको जित्ने सम्भावना



  • नेपालदीप
  • सोमबार, जेष्ठ २ २०७९
3.5K
SHARES

चितवन । भरतपुर महानगरपालिकामा १४ हजार ५ सय ३० मतको गणना सकिँदा मेयरमा नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले २० मतको अग्रता लिएका छन् ।

पछिल्लो क्रममा गठबन्धनकी उम्मेदवार रेणु दाहालले अन्तर कम गराएकी छिन् । सुवेदीले ४ हजार ८ सय ८९ मत ल्याउँदा रेनुले ४ हजार ८ सय ६९ मत ल्याएकी छिन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले २ हजार २ सय ५१ मत ल्याएका छन्।

भरतपुर महानगरका २५ वटा वडाको मतगणना अझै बाँकी छ। स्वतन्त्र उम्मेदवार पौडेलको प्रभाव रहने दावी गरिएको ४, ५, ६, ७ र १० नम्बर वडाको मतगणना बाँकी नै छ। माओवादी नेताहरु भने ८, १३, १६, २५, २६ लगायतका वडाबाट पौडेलले दिएको क्षति पूर्ति हुने बताइरहेका छन्। भरतपुरमा ६७ दशमलव ५ अर्थात १ लाख २५ हजार बढी मत खसेको छ।

अहिले गणना भइरहेका वडाहरुमा ठूलो भोट अन्तरले अग्रता नलिए एमालेका सुवेदीलाई जित्न गाह्रो हुने बताइएको छ। उता पौडेलले जति मत पाउनु पर्ने थियो त्यति नपाएको बताइन्छ। निर्वाचन अघि कांग्रेसको बागी जसरी प्रचार नगरी स्वतन्त्र भएर अघि बढेको खण्डमा उनलाई जित्ने उम्मेदवारको रुपमा लिइएको थियो।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट