
मकवानपुरको हेटौंडा उपमहानगरपालिकामा गठबन्धनलाई पछि पार्दै राप्रपाले अग्रता लिएको छ । २२ हजार ८ सय ५० मतगणना हुँदा नेकपा एकिकृत समाजवादीलाई १ सय ९८ मतले पछि पारेको हो ।
राप्रपाका दिपक बहादुर सिंहले ८ हजार २ सय ६५ मत ल्याएर अगाडि छन् भने गठबन्धनबाट उम्मेदवार रहेकी एकीकृत समाजवादीकी मीना कुमारी लामाको ८ हजार ६७ मत आएको छ ।
उपमेयर तर्फ गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेसका राजेश बानियाँले भने मतान्तर फराकिलो बनाउँदै लगेका छन् । बानियाँको ११ हजार ७ सय ११ मत रहेको छ भने निकटतम प्रतिद्वन्द्वीको ८ हजार ३३ मत मात्रै रहेको छ ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।