मंगलबार, असार १४ २०७९

स्थानीय तहको चुनावबाट सिक्नुपर्ने पाठ के ?



  • नेपालदीप
  • मंगलबार, जेष्ठ ३ २०७९
1.3K
SHARES

स्थानीय तहको चुनावबाट राजनीतिक दलले थुप्रै पाठ सिक्नुपर्ने पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले बताएका छन्। निर्वाचन मिति समयमै तोक्नेदेखि आवश्यक कानुन संशोधन गर्ने वा आवश्यक कानुनी व्यवस्था गर्नुपर्ने पाठ यस पटकको चुनावले सिकाएको उनीहरूले बताएका हुन्।

विगतको स्थानीय तहको चुनावमा भन्दा यस पटक कम मत खस्नुलाई उनीहरूले चिन्ताजनक भनेका छन्।

यस पटक मतपत्र निकै झन्झटिलो भएको मतदाताको गुनासो आइरहँदा त्यसको व्यवस्थापनको पाटोलाई अबका चुनावमा निर्वाचन आयोगले ख्याल गर्नुपर्ने विज्ञहरूको भनाइ छ।

नेताहरूको व्यवहारमा परिवर्तन जुन मात्रामा अपेक्षा गरिएको थियो त्यो देखिएन। त्यसमा उनीहरूले पर्याप्त अभ्यास गर्नुपर्छ।
राजनीतिक दलको झगडाको नाममा धेरैले तिरेको करबाट अर्बौँ खर्च हुने भएकोले निर्वाचनको सुरक्षामा ठूलो खर्च हुने गरेको छ। त्यसबाट मुक्त गराएर दलहरूलाई नै सुरक्षाको जिम्मेवारी दिने दिशातर्फ पनि अब जानुपर्छ।

मतदाताले इच्छाए अनुसारको उम्मेदवार नहुँदा पनि मतदाताको सहभागितालाई हतोत्साही गरेको हो कि त्यस विषयलाई दलहरूले गम्भीरतापूर्वक लिनुपर्छ। उम्मेदवार छनोट गर्ने विषयलाई टिके प्रथाबाट नगरी कार्यकर्ताहरूले रुचाएको व्यक्तिलाई तलबाट नै उम्मेदवार बन्ने बाटो बनाउनुपर्छ। त्यो भयो भने धेरै तरिकाले दल बलियो हुन्छ।
निर्वाचन आयोगले चाहिँ यसपटकको निर्वाचनमा चाहेर पनि केही कुरामा सुधार गर्न नसकिएको जनाएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट