मंगलबार, असार १४ २०७९

आज बढ्यो सुनको मूल्य,तोला कति पुग्यो ?



  • नेपालदीप
  • मंगलबार, जेष्ठ ३ २०७९
1.7K
SHARES

काठमाडौँ। सुनको मूल्य सामान्य दरमा बढेको छ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तोलामा २ सयका दरले सुन महंगिएको हो।यसअनुसार छापावाल सुन प्रतितोला ९६ हजार ७ सय रुपैयाँ र तेजाबी सुन ९६ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।

१ गते यी सुन क्रमशः प्रतितोला ९६ हजार ५ सय रुपैयाँ र ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। २ गते सार्वजनिक विदापछि आज ३ गते बजार खुलेको हो।

त्यस्तै चाँदीको मूल्य पनि बढेको छ। १ गते प्रतितोला १२ सय ४० रुपैयाँ रहेको चाँदी ३ गते २० रुपैयाँ बढेर १२ सय ६० रुपैयाँ पुगेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट