मंगलबार, असार १४ २०७९

आज नेप्से ८४ अंकले घट्यो



  • नेपालदीप
  • मंगलबार, जेष्ठ ३ २०७९
1.2K
SHARES

काठमाडौँ। सेयरबजारमा आज दोहोरो अंकको गिरावट आएको छ।नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से ८४.९० अंकले र सेन्सिटिभ सूचक १४.२७ अंकले घटेको हो।बजारमा आज २२१ कम्पनीको कारोबार भएकोमा ३५ लाख ९५ हजार कित्ता सेयर बिक्री भएको छ।

दिनभरिमा ३३ हजार ६१० पटकको खरिदबिक्रीमा १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको हो।

आज १३ वटै उपसूचकहरु राताम्य छन् भने बीमा समूहको धेरै ठूलो गिरावट आएको छ।

आज बजारमा १८८ कम्पनीको सेयर घट्दा दुईवटाको मात्रै बढेको छ।

आज कमाउने लगानीकर्ताले ४.९६ प्रतिशतसम्म आम्दानी गर्दा धेरै लगानीकर्ताले १० प्रतिशतसम्म गुमाएका छन्। बजारमा आज कम्पनीहरुको ९ करोड रुपैयाँसम्मको कारोबार भएको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट