
काठमाडौं। सरकारले सार्वजनिक यातायातको भाडादर बढाएको छ।
यातायात व्यवस्था विभागले आज सूचना प्रकाशन गर्दै सार्वजनिक तथा मालबाहक सवारीको भाडा बढाएको जानकारी दिएको छ।
बढेको भाडा जेठ ४ गतेबाटै लागू हुने भएको छ।
तेलकाे मूल्य वृद्धिले अन्तर प्रदेश यातायातका यात्रुबाहक तथा मालबाहक सवारीको भाडामा हेरफेर गरिएको हो।
नेपाल आयल निगमले इन्धनको मूल्यमा एकै पटक १० रुपैयाँ बढाएपछि सरकारले गाडी भाडा समेत बढाउने निर्णय लिएको हो।
इन्धनको मूल्य थपघटका आधारमा एकै पटक ५ प्रतिशतले बढेमा वा घटेमा भाडा समायोजना गर्ने नीति रहेको समेत विभागले जनाएको छ।
विभागका अनुसार यात्रुबाहक सवारीको हकमा ३.५ प्रतिशत भाडा बढेको छ। पहाडी बाटोमा चल्ने मालबाहक सवारीको हकमा ४.६ प्रतिशत र तराईको बाटोमा चल्ने मालबाहक सवारीमा ५.१ प्रतिशत मूल्य बढेको विभागले जनाएको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।