मंगलबार, असार १४ २०७९

पार्टी भित्रैको अन्तरघातले प्रचण्ड पुत्री रेणु हराउने अवसर गुमाउँदै एमाले



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
2.6K
SHARES

काठमाडौं। स्थानीय तह निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिकामा मतगणना जारी छ। हालसम्म यहाँ ४० हजार ९६३ मतगणना भइसकेको छ। तर गठबन्धनका उम्मेदवार विरुद्ध नेपाली कांग्रेसकै हेबीवेट नेता जगन्नाथ पौडेलले उम्मेदवारी परेपनि त्यसको फाइदा नेकपा एमालेले उठाउन सकेको छैन।

पछिल्लो गणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी केन्द्रकी उमेदवार रेनु दाहालको अग्रता कायमै छ। उनले १५ हजार ५१३ मत प्राप्त गरेकी छन्। नेकपा एमालेका उमेदवार विजय सुवेदीले १२ हजार ३८७ मत ल्याएका छन्। दाहाल र सुवेदीबीचको मतान्तर तीन हजार १२६ छ।

स्वतन्त्र उमेदवार पौडेलले ६ हजार ४०३ मत प्राप्त गरेका छन्। नेपाली कांग्रेसका नेता पौडेल पार्टीले टिकट नदिएपछि भुइँकटहर चुनाव चिह्न लिएर प्रतिस्पर्धामा छन्।

पार्टी भित्रैबाट अन्तरघात भएपछि एमालेले सोचे अनुसारको परिणाम ल्याउन नसकेको हो। अधिकांश मतपत्रमा प्रमुखमा रेणुलाई हालिएको तर अरुमा एमालेमा भोट परेको देखिएकोले अन्तरघात भएको प्रमाणित भएको एमालेका एक स्थानीय नेताले बताए। रेणुलाई जितेर गठबन्धनलाई धक्का दिने सोचेको एमालेले आफैँ भित्रको विवाद र अन्तरघातले नाजुक स्थितिमा पुगेको छ।

उपप्रमुखमा कांग्रेसका उमेदवार चित्रसेन अधिकारी अगाडि छन्। उनले १७ हजार ९७० मत प्राप्त गरेका छन्। एमालेसँग तालमेल गरेको राप्रपाका उमेदवार हिमला गुरुङले नौ हजार ९६१ मत प्राप्त गरेकी छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट