मंगलबार, असार १४ २०७९

धादिङको नीलकण्ठ नगरपालिकामा मेयर र उपमेयर नै गठबन्धन विजयी



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
1.5K
SHARES

काठमाडौं। धादिङको नीलकण्ठ नगरपालिकामा सत्ता गठबन्धनका उम्मेदवारले जित हासिल गरेको छ । नगरपालिकाको मेयरमा गठबन्धनबाट नेपाली कांग्रेसका भीमप्रसाद ढुंगाना विजयी हुँदा उपमेयरमा माओवादी केन्द्रका युवा नेता दीपक विश्वकर्मा निर्वाचित भए ।

बुधबार राति सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार मेयरमा निर्वाचित ढुंगानाले १३ हजार ६७५ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गंगादेवी श्रेष्ठले ७ हजार ६८४ मत ल्याइन् । ढुंगाना नीलकण्ठकै निवर्तमान मेयरसमेत हुन् । ०७४ को निर्वाचनमा उनी लोकप्रिय मतका साथ नगरपालिकाको मेयर निर्वाचित भएका थिए ।

उपमेयरमा १ हजार २२३ मतान्तरले विश्वकर्मा निर्वाचित भएका हुन् । उनी ९ हजार ३ मतसहित विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी एमालेका फन्द्रा तामाङले ७ हजार ७८० मत प्राप्त गरे । स्वतन्त्र उम्मेदवारी दिएकी कल्पना अधिकारीले ४ हजार ३७१ मत ल्याइन्।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट