मंगलबार, असार १४ २०७९

अमेरिकी दुई रियालिटी शो नेपालमा ‘मेरो भ्वाइस कप’ र ‘मेरो डान्स कप’



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
2.1K
SHARES

काठमाडौं । नेपाली समुदायको लागि अमेरिकन दुई रियालिटी सोहरु ‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप युएसए’ नेपाल भित्रिएका छन् ।

राजधानीमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिइयो । दोस्रो संस्करणमा रहेको ‘भ्वाइस कप’ र चौथो संस्करणमा रहेको ‘डान्स कप’को अहिले अमेरिका र क्यानडा लगायतका देशमा अडिसन भइरहेको छ । टप १२ मा छनोट भएका प्रतिस्पर्धीले नेपाल आएर आफ्नो प्रस्तुति दिने भएका छन् ।दुबै कार्यक्रमको ग्रान्ड फिनाले भने अमेरिकामा हुने जनाइएको छ ।

‘मेरो डान्स कप युएसए’को निर्णायकमा कलाकारहरु मिथिला शर्मा, दीलिप रायमाझी, निरुता सिंह, केकी अधिकारी, शंकर विसी र नमन राई रहनेछन् भने त्यस्तै, ‘मेरो भ्वाइस कप यूएसए’को निर्णायकमा दीपक जंगम, सुरेश अधिकारी, शिव परियार, पुष्पन प्रधान, मुस्कान मगर, सुजता बर्मा र अर्जुन पालिखे रहनेछन् । यी दुवै कार्यक्रम ग्यालेक्सी फोरके टेलिभिजनबाट प्रशारण हुने बताइएको छ ।

यी प्रतियोगिताको प्रथम विजेताले र्‍याभफोर कार, दोस्रोले गोल्डेन कप र तेस्रोले सिल्भरकपसँगै नगद राशी र गिफ्ट पाउने आयोजक संस्था इन्ट्रानेशनल वेयलफेयर एन्ड सपोर्ट फाउन्डेशन अफ अमेरिकाका सचिव गोपाल धितालले जानकारी दिए ।

‘मेरो डान्स कप’लाई सुदीप सिग्देल र सुनिता गुरुङले होस्ट गर्नेछन् भने ‘मेरो भ्वाइस कप’को होस्ट सन्दिप क्षेत्री र रीमा विश्वकर्माले होस्ट गर्ने भएका छन् ।

दुवै रियालिटी शोको निर्देशन भने एलिन श्रेष्ठले गर्नेछन् । निर्देशक श्रेष्ठले नेपालमा दुवै रियालिटी शोको छायांकन गर्नका लागि अहिले सेट निर्माणको काम भइरहेको जानकारी दिए ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट