शुक्रबार, असोज २१ २०७९

सलमानको कन्सर्टमा आखिर किन नआउने भइन् ज्याकलिन फर्नान्डिज-पूजा हेगडेलाई ल्याइने



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
7.7K
SHARES

काठमाडौं ।  दशरथ रंगशालामा जेठ १४ गते हुने सलमान खानको कन्सर्टमा बलिउड नायिका ज्याकलिन फर्नान्डिज नआउने भएकी छिन्। अदालतमा विदेश यात्राको अनुमति  मागेको निवेदनलाई ज्याकलिनले बुधबार फिर्ता लिएकी छन् ।

करिब ७०० करोड भारुको गैरकानूनी मुद्रा ओसारपोसारको मुद्दामा सुकेश चन्द्रशेखर नामक व्यक्तिसँग ज्याकलिन पनि मुछिएकी छिन् । तसर्थ ज्याकलिन विदेश जान पाउनेछैनिन् ।

सलमानको द ब्याङ रिलोडेड टूरमा ज्याकलिन सदस्य समेत छिन् । नेपालसहित अबुधावीमा हुने आइफा अवार्ड ९जुन अहिले स्थगित भैसकेको छ०सहित फ्रान्समो कार्यक्रममा जान ज्याकलिनले अनुमति माग्दै अदालतमा निवेदन दिएकी थिइन्।

ज्याकलिन नेपाल नआउनेपछि आयोजकले उनको साटो अर्की बलिउड अभिनेत्री पूजा हेगडेलाई ल्याउने जमर्को गरिरहेको छ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार