मंगलबार, असार १४ २०७९

बालेनको छोरी जन्मिएको गलत समाचार, श्रीमती भन्छिन्–‘हाँस्दा–हाँस्दै मर्न लागेँ’



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
2.1K
SHARES

काठमाडौ । बालेन साहकी श्रीमती सविना काफ्लेलाई बिहिबार बिहानैदेखि फोन आएर भ्याइनसक्नुछ । कसैले छोरी पाएको हो भने कसैले छोरी पाएकोमा बधाई दिइरहेका छन्।
सविनाले छोरी पाएको भनेर मिडियामा समाचार छ्याप छ्याप्ती आएको देखेपछि उनले हाँसो रोक्न पनि सकेकी छैनन् । विभिन्न अनलाइन मिडियाले काठमाडौं महानगरपालिका प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएर मतगणनामा अग्रता हाँसिल गरेका बालेन साहले छोरी जन्मिएको नबुझी झुटो समाचार लेखेका छन् ।
प्राय: शुभचिन्तकले  बालेन र सविनालाई सामाजिक सञ्जालमा बधाई दिइरहेका छन् । तर बालेन साहको छोरी जन्मिएको नभई उनका दाजु कौशल साहको भने छोरी जन्मिएकी हुन् । त्यो पनि आज हैन बुधबार दिउँसो छोरी जन्मिएकी हुन् ।

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट