मंगलबार, असार १४ २०७९

बालेनले २१ हजार भन्दाबढी मत कटाउँदा स्थापित र सिर्जना सिंहको कति मत ?



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
1.9K
SHARES

काठमाडौँ। काठमाडौँ महानगरपालिकाकाे मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका  बालेन्द्र (बालेन) शाहकाे अग्रता कायमै छ । अहिलेसम्म ५६ हजार चार सय ६१ मत गन्दा शाहले १० हजार एक सय ६३ मतकाे अग्रता लिरहेका छन्  ।

शाहले अहिलेसम्म २१ हजार चार सय २४ मत प्राप्त गरेका छन्  । एमालेका केशव स्थापितले ११ हजार दुई सय ६१ मत प्राप्त गरेका छन् । गठबन्धनबाट नेपाली कांग्रेसकी सिर्जना सिंहले १० हजार पाँच सय ३२ मत प्राप्त गरेका छन्।

उपमेयरमा भने नेकपा एमालेकी उम्मेदवार सुनिता डंगाेलले अग्रता लिरहेका छन् । डंगाेलले अहिलेसम्म २० हजार आठ सय ८८ मत प्राप्त गरेका हुन् । गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठले सात हजार तीन सय ३१ मत प्राप्त गरेका छन् । राप्रपाकी बिनिता मगैयाले सात हजार एक सय २७ मत प्राप्त गरेका छन्  ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट