मंगलबार, असार १४ २०७९

आज पनि नेप्से दोहोरो अङ्कले घट्यो



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
1.5K
SHARES

काठमाडौँ। शेयर बजार आज बिहीवार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५१ अङ्कले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा झरेको छ ।

आज म्युचुल फन्डबाहेक अरू सबै समूहको शेयर ओरालो लागेको छ । दुई सय १९ वटा कम्पनीका ३७ लाख ९८ हजार कित्ता शेयर एक अर्ब ३० करोड रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर १२ करोड ८१ लाख रुपैँयामा किनबेच भएको छ ।

आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि जनरल इन्सुरेन्सको शेयर भने साढे ७ प्रतिशतले बढेको छ ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट