
काठमाडाैं। नेपालमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
देशभर गरिएको २ हजार ५ सय ८० पिसिआर परिक्षणका क्रममा १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
१ हजार ४७ वटा एन्टिजेन परिक्षणका क्रममा भने कसैमा कोरोना नदेखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोनाका कारण बिहीबार पनि कसैको मृत्यु भएको छैन।
त्यस्तै थप ९ संक्रमित निको हुँदा हालसम्म नेपालमा ९ लाख ६६ हजार ९ सय ३८ जना निको भएका छन्।
हाल नेपालमा १ सय ५० सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ।
नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।