मंगलबार, असार १४ २०७९

काठमाडौँको कोर एरियाको मतगणना सुरुः स्थापितको आक्रामक सुरुवात



  • नेपालदीप
  • बिहिबार, जेष्ठ ५ २०७९
8.1K
SHARES

काठमाडौं। काठमाडौं महानगरको मतगणना चर्चित ‘कोर एरिया’ भित्र प्रवेश गरेको छ। कांग्रेस-एमालेले अत्यन्तै आशा गरेको महानगरको कोर एरियामा मतगणना प्रवेश गरेको हो।

अहिले काठमाडौंको वडा नम्बर २७ को मतगणना भर्खर सुरू भएको छ। यो वडा कोर एरियाका रूपमा चिनिने महाबौद्ध क्षेत्रमा पर्छ। काठमाडौंका ११ देखि २७ सम्मका वडाहरूलाई कोर एरिया मान्ने गरिन्छ, जहाँ रैथाने नेवार समूदायको बसोबास छ। यहाँ बालेन्द्र साहको पक्षमा त्यति भोट नपरेको बताइएको छ।

कोर एरियाभित्र पर्ने यो वडामा एमालेका केशव स्थापितले सुरुवाती अग्रता लिएका छन्। पहिलो अपडेट अनुसार २०० मत गन्दा स्थापित एक्लैले ११८ मत ल्याएका छन्। उनलाई पछ्याइरहेका स्वतन्त्र उम्मेदवार साहको ३२ मत आएको छ भने नेपाली कांग्रेसकी सिर्जना सिंहले ७ मत मात्र प्राप्त गरेकी छन्।

एमाले उम्मेदवार केशव स्थापितले कोर एरियाको गणना सुरू भएपछि आफूले अग्रता लिने दाबी गर्दै आएका थिए। कांग्रेस उम्मेदवार सिंहको आशा पनि कोर एरियामै टिकेको छ। अहिले बालेन्द्रले ११ हजारभन्दा बढी मतले लिड गरिरहेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट