सोमबार, साउन ३० २०७९

सगरमाथा आरोहणपछि काठमाडौं  फर्किएका गायक राजु लामालाई भव्य स्वागत



  • नेपालदीप
  • शुक्रबार, जेष्ठ ६ २०७९
7.2K
SHARES

काठमाडौं । बिहीवार सगरमाथा आरोहणपछि काठमाडौं  फर्किएका गायक राजु लामालाई त्रिभुवन विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

राष्ट्रिय झण्डा, बाजागाजासहित मंगोलियन हार्ट ब्याण्डका गायक राजु लामालाई स्वागत गरियो । उनी यसैसाता इम्याजिन नेपाल एक्सिपिडिसन मार्फत जलवायु परिर्वतनविरुद्धको सन्देश दिन सर्वोच्च शिखर आरोहण गरेका थिए ।

उनले नयाँ गीतसहित मंगोलियन हार्टका लोकप्रिय गीतहरु गाए। ६ हजार ५०० मिटर उचाइको क्याम्प(३ मा उनले सांगीतिक प्रस्तुति समेत दिएका थिए । हिमाल आरोहण गरेर काठमाडौं फर्किएका गायक लामाले आफू अब वृक्षारोपण अभियानमा केन्द्रित हुने बताए ।

यस्तो भब्य स्वागत पाउँदा हर्षका आँशु बगाएका गायक राजुले भने, ‘सबैको आशिर्वादले म टुप्पोमा पुगें । म रोएँ । आँसु थाम्नै सकिन । मन दुख्यो मलाई । तर इट्स ब्युटीफुल ।’

गायक राजुले भने, ‘मलाई गर्व महसुस भयो कि हामी यति ब्युटीफूल देशमा छौं । सगरमाथाको कृपाले मैले पनि पाइला टेक्ने अवसर मिल्यो ।’ उनले कार्बन उत्सर्जन घटाउनुपर्छ भन्ने सन्देश दिन आफू हिमाल चढेको बताए ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार