शुक्रबार, असोज २१ २०७९

‘माटो जोगाऔं’ अभियान अन्तर्गत सांगीतिक एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न (तस्बिरहरु)



  • नेपालदीप
  • आइतबार, जेष्ठ ८ २०७९
9.1K
SHARES

काठमाडौँ। ‘माटो जोगाऔं’ भन्ने मूल नाराका साथ विश्वविख्यात योगगुरु जग्गी वासुदेव ‘सदगुरु’ले सुरु गरेको अभियान अन्तर्गत शनिबार काठमाडौँको बसन्तपुरमा सांगीतिक एवं जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ। इशा नेपालको आयोजनामा उक्त कार्यक्रम बसन्तपुर डबलीमा सम्पन्न भएको हो।

कार्यक्रममा ‘माटो जोगाऔं’ भन्ने नारा लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो। माटो संरक्षणबारेको डकुमेन्ट्री र सडक नाटक समेत प्रदर्शन गरिएको थियो। उक्त कार्यक्रममा युवाहरुले सांगीतिक प्रस्तुति दिएका थिए।

सद्गुरुले सुरु गरेको ३०,००० किलोमिटरको १०० दिवसीय एकल मोटरसाइकल यात्रा जारी छ। यसैका बीच यो कार्यक्रम नेपालमा आयोजना गरिएको हो।

तस्बिरहरु:

 

 

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार