मंगलबार, असार १४ २०७९

अन्नपूर्णका अध्यक्ष केसीले गरे पदभार ग्रहणः ६४ सय घरधुरीमा स्वास्थ्य बीमा पुऱ्याउने निर्णय



  • नेपालदीप
  • सोमबार, जेष्ठ ९ २०७९
1.2K
SHARES

कास्की। अन्नपूर्ण गाउँपालिकाका नवनिर्वाचित अध्यक्ष विष्णुबहादुर केसीले आज शपथ एवं पदभार ग्रहण गरेका छन्। पदभार ग्रहण गरेलगत्तै बसेको पहिलो बैठकबाट अध्यक्ष केसीले पालिकावासीलाई स्वास्थ्य बीमाको सेवा दिने बताएका छन्।

बैठकको निर्णयानुसार आधारभूत स्वास्थ्य सेवा सुनिश्चित गर्न ६ हजार ४०६ धरपरिवारलाई बीमा गराइनेछ। जसअनुसार बीमा शूल्क रहेको ३५ सय रुपैयाँमा पालिकाले पचास प्रतिशत व्यहोर्ने निर्णय गरिएको केसीले जानकारी दिएका छन्।

त्यस्तै, उपाध्यक्ष चन्द्रकला अधिकारीले गाउँपालिकाभित्र रहेका अपांग र असहायहरुको सामाजिक सुरक्षामा योजना अनुरुप स्वास्थ्य परीक्षण र अपांगता परिचयपत्र उपलब्ध गराउने निर्णय भएको उल्लेख गरिन् । त्यस्तै, स्वास्थ्य परीक्षण र परिचयपत्र वितरण सम्बन्धित वडाको टोलटोलमा पुगेर उपलब्ध गराउने अधिकारीले बताइन्। अध्यक्ष र उपाध्यक्ष नेकपा एमालेबाट निर्वाचित हुन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट