शुक्रबार, असोज २१ २०७९

किन माग्ने बुढाको ‘कमेडी हब’को प्रसारण मिति १ हप्ता पछाडी सर्यो ?



  • नेपालदीप
  • बुधबार, जेष्ठ ११ २०७९
7.8K
SHARES

काठमाडौ । हाँस्य कलाकार केदारप्रसाद घिमिरे ‘माग्ने बुढा’ले निर्देशन गर्ने कमेडी शो ‘कमेडी हब’ को प्रसारण रोकिएको छ।

आज बुधबारदेखि प्रसारण हुने भनिएको शो एक साता पछाडि सरेको हो।

राजा राजेन्द्र अर्थात् शोका परिकल्पनाकार पोखरेलका अनुसार प्राविधिक समस्याका कारणले प्रसारण रोकिएको हो। उनले जेठ १८ गतेदेखि कार्यक्रम नियमित प्रसारण हुने जानकारी दिएका छन्।

उक्त शोको चार एपिसोड छायांकन भइसकेको छ।

‘कमेडी हब’ एपिवान टेलिभिजनबाट प्रत्येक बुधबार राती ८ बजे प्रसारण हुने बताइएको छ।

जुन शोमा माग्ने बुढा र राजा राजेन्द्रसहित कमेडी च्याम्पियन सिजन १ का विजेता हिमेश पन्त, कमेडियनहरू खड्गबहादुर पुन मगर [खबपु], चन्चल मगर, सुबोध गौतम, प्रभात लामा, दिलिप तामाङ [हुर्हुर], बेदना राई, सिता न्यौपाने, जानुका पौड्याल ९प्याकुली०, राधिका कंडेल, दिपेन्द्र प्रसाईं, राजेन्द्र नेपाली [लट्टे], कल्पना खतिवडा, नारिया गिरी, अनिल राई, संगम राई र दिपेश घिमिरेले कमेडी कला प्रस्तुत गर्नेछन्।

शोमा प्योर, ह्युमर, रोमान्टिक, स्ट्यान्ड अप, सटायरिक र प्यारोडी गरी कमेडीका ६ शैली प्रस्तुत गरिनेछ।

शोका विषयवस्तु निर्देशन माग्ने बुढा र प्राविधिक निर्देशन जनकदीप पराजुलीले गरिरहेका छन्।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार