मंगलबार, असार १४ २०७९

बालेनको जितमा पत्नीको मर्मस्पर्शी बधाई-तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ



  • नेपालदीप
  • शुक्रबार, जेष्ठ १३ २०७९
2.5K
SHARES

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह [बालेन]लाई बधाई दिनेको यो भीडमा एउटा ‘बधाई’ले चाहिं धेरैजनाको ध्यानाकर्षण गरिरहेको छ, जुन पत्नी बालेन पत्नी सबिना काफ्लेको। जब बालेनले उम्मेदवारी दिए त्यसपछि मिडियाको आकर्षणमा परेकी सबिनाको अहिलेको चर्चा सेलिब्रिटीको भन्दा कम छैन ।

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि अहिले बालेन्द्र साह [बालेन]लाई बधाई दिनेको ओइरो छ । सामाजिक सञ्जालदेखि भेटेरै उनलाई बधाई दिनेको लर्को छ ।

पत्नी सबिनाले काठमाडौ मेयरमा निर्वाचित पति बालेनलाई फेसबुकमार्फत मर्मस्पर्शी बधाई दिएकी छन् । उनले जुन तरिकाले दिइन् बधाई अहिले सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनी लेख्छिन्, ‘आज तिमी मेरो बालेनबाट हाम्रो बालेन भएका छौ । यसो भनिरहँदा मेरो मन अलिकति पनि खुम्चिएको छैन, बरु गर्वले छाती फुलेको छ, शिर उचालिएको छ ।’

‘घरभित्रबाट जितेर हिंडेको मानिसको बाहिर कहिले पनि हार हुँदैन । म तिमीलाई कहिले हार्न दिने छैन । मेरा हरेक प्रार्थनामा तिम्रो सफलता हुनेछ,’ उनी लेख्छिन् । सबिनाको यो बधाई सन्देशमा धेरैजनाले ‘एउटा सफल पुरुषको पछाडि नारी’ हुनुको सन्दर्भ उल्लेख गरेका छन् ।

नेपालदीपमा प्रकाशित सामग्रीबारे तपाईको गुनासो, सुझाव तथा सुचना भए हामीलाई [email protected] मा पठाउनु होला ।

प्रतिक्रिया
सम्बन्धित समाचार

ताजा अपडेट